२०८२ असार १२ बिहीबार

राशिफल

लगातार तीन दिनसम्म पानी पर्ने !

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भू – भागमा अबको तीन दिन वर्षाको सम्भावना रहेको बताएको छ । २ कात्तिक देखि ४ कात्तिकसम्म देशका धेरै स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू – भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा र मध्य भारतमा रहेको न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ । उत्तरतिर सर्दै गरेको न्युन चापीय प्रणालीहरुका कारण नेपालमा वर्षा भएको छ ।