२०८२ असार १२ बिहीबार

राशिफल

महाकाली नदीमा पानीको सतह खतराको विन्दुभन्दा माथि

काठमाडौँ – लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको सतह खतराको विन्दुभन्दा माथि उक्लिएको छ ।

पछिल्लो २४ घण्टादेखि जारी वर्षाका कारण महाकाली नदीमा पानीको सतह पाँच लाख क्युसेकभन्दा माथि पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पानीको सतह बढेपछि शारदा ब्यारेज (महाकाली पुल)मा नेपाल–भारत दुवैतर्फको आवगमनमा रोक लगाइएको छ । महाकालीमा पानीको बहाव एक लाख क्युसेकभन्दा बढी भएमा त्यसलाई खतरा मानिन्छ ।