२०८२ जेठ २२ बुधबार

राशिफल

बेलायतमा कोरोना संक्रमितको संख्या बढ्यो

काठमाडौँ – बेलायतमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम निरन्तर जारी छ । विगत केहि दिनयता दैनिक ४० हजारको हाराहारीमा संक्रमण भएपनि आइतबार यो संख्या झन्डै ५० हजार पुगेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको आइतबारको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ४९ हजार १५६ संक्रमित फेला परेका छन् ।

हाल बेलायतमा ३५ देखि ५५ वर्ष उमेर समूहमा कोरोना संक्रमण बढी देखिएको तथ्यांकले देखाएको छ । अघिल्लो हप्ताको तुलनामा संक्रमित संख्या २० प्रतिशतले बढेको हो ।

सोमबारमात्र सरकारले आउने जाडोयामको समय निकै चुनौतिपूर्ण हुने बताएको थियो । बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८४ लाख ९७ हजार ८६८ पुगेको छ ।