२०८२ असार १२ बिहीबार

राशिफल

थानकोटमा ग्याँस ट्यांकर पल्टियो, सवारीसाधन र यात्रुहरुको अलपत्र

काठमाडौं – थानकोटमा ग्याँस ट्यांकर पल्टँदा सडक अवरुद्ध भएको छ । अधिकांश दशैं मानेर घर फर्किएकाहरु सवार सवारी साधानको लामो लाइन लागेको छ ।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ट्यांकर थानकोट नजिक पिपलामोडमा पल्टेको हो । ट्यांकर पल्टदा राजधानीबाट बाहिर जाने र भित्रिने सवारीसाधन र यात्रुहरु अलपत्र परेका हुन् ।

बाटो खुलाउने प्रयास भइरहेको ट्राफिक कार्यालय थानकोटले जानकारी दिएको छ ।