काठमाडौँ – सदूरपश्चिम लगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्रीलाई निर्देशन दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले उक्त निर्देशन दिएका हुन् । तीन दिनदेखिको लगातारको वर्षाका कारण सुदुरपश्चिम लगायत देशका विभिन्न भागमा बाढी पहिरोबाट सर्वसाधारण प्रभावित भएका छन् ।
देउवाले ट्वीटरमार्फत भनेका छन, ‘सदुदूरपश्चिम लगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न गृह मन्त्रीलाई निर्देशन गरेको छु।’
तपाइँको प्रतिक्रीया