काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा बाढी–पहिरोमा परी तीनजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् ।
आइतबार राति आएको वर्षातका कारण डोटीको सायल गाउँपालिका–६ मेल्लेख बस्ने वीरबहादुर कुन्जेडाको घर भत्कन गई २ जनाको च्यापिएर मृत्यु भएको छ। ईलाका प्रहरी कार्यालय आदर्श डोटीका अनुसार मृतकको शव निकालिएको छ।
बाढी पहिरोका कारण कैलाली, डोटी, डडेलधुरा, बझाङ र अछामका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् ।
तपाइँको प्रतिक्रीया