२०८२ असार १६ सोमबार

राशिफल

प्रतिनिधिसभाको बैठक सर्यो

काठमाडौँ – आगामी कार्तिक ९ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक २ दिन पर सारिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले विशेष कारण देखाउँदै कार्तिक ११ गते बिहिबार दिउँसो २ बजेसम्मका लागि बैठक सारेका हुन् ।

आज एक सूचना प्रकाशन गर्दै संघीय संसद सचिवालयले कार्तिक ९ गते दिउँसो १ बजे बस्ने निर्धारण भएको प्रतिनिधिसभाको बैठक सो दिन बस्न नसक्ने जनाएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम कार्तिक ११ गते बिहिबार दिनको २ बजे बैठक बस्ने गरी बैठक निर्धारण गरेको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जनाएका छन् ।