काठमाडौँ – मंगलबार २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९१६ नमुनामध्ये ८ हजार १४० पीसीआर परीक्षण गर्दा ९५७ जना र १ हजार ७७६ एन्टिजेन परीक्षण गर्दा १३९ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने १००४ जना निको भएका छन् । अहिले सक्रिय संक्रमित ११ हजार ८१५ जना छन् ।
तपाइँको प्रतिक्रीया