२०८२ असार १२ बिहीबार

राशिफल

पहिरोले पुरिएर एकै घरका ६ जनाको मृत्यु

काठमाडौँ – पहिरोले पुरिएर हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित खरेल गाउँमा ६ जनाको मृत्यु भएको छ । मपहिरोमा पुरिएर ७० वर्षीय धनवीरे शाहीसहित ६ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा ५५ वर्षीय कुलबहादुर शाही, आशा शाही, १३ वर्षीय अलिन्द्र शाही, ५ वर्षीय हुसेन शाही र ३ वर्षका जसबहादुर शाही छन् । पहिरो हटाएर उनीहरुको शव निकालिएको छ ।