काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर १५ जनाको मृत्यु भएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीकाअनुसार डोटीमा ९ जना, बैतडीमा चार जना र डडेलधुरामा दुई जनाको बाढीपहिरोमा परेर मृत्यु भएको छ ।
डोटीको जोरायल गाउँपालिका–४ का अन्दाजी ४२ वर्षीय शेरबहादुर बिक, उनका छोरा १८ वर्षीय मोहन बिक, १३ वर्षीया छोरी पवित्रा बिक र मामाघरमा आएका सोही ठाउँका १६ वर्षीय रविन बिकको पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै डोटीकै जोरायल गाउँपालिका–३ का अन्दाजी ६३ वर्षीय जोगी सार्की, शिखर नगरपालिका–११ की अन्दाजी ३६ वर्षीया मन्दरा बलायर, सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो गई १४ वर्षीय सागर कुन्जेडा र १० वर्षका आशिष कुन्जेडाको पनि पहिरोमा च्यापिएर मृत्यु भएको छ ।
तपाइँको प्रतिक्रीया