२०८२ असार १७ मङ्गलबार

राशिफल

बाढी र पहिरोबाट मारमा परेका किसानलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग प्रचण्डको आग्रह

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढी र पहिरोबाट मारमा परेका किसानलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष दाहालले कृषि सहायता कोष खडा गरी किसानलाई राहत र क्षतिपूर्ति दिन माग गरेका हुन् । ‘बाढी–पहिरोमा फसेकाहरूको उद्दार र राहत, घाइतेहरुको नि:शुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरुको खानपान र बसोबासको व्यवस्था मिलाउन म सरकारसँग विशेष अनुरोध गर्दछु’ विज्ञप्तिमा भनिएको छ ।