२०८२ असार १२ बिहीबार

राशिफल

घरमाथि खसेको पहिरोमा परि चार जनाको मृत्यु

काठमाडौँ – पहिरोमा परि बैतडीमा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका–६ मा घर माथिबाट खसेको पहिरोमा परेर स्थानीय भालु पार्कीका छोरा बुहारीद्धय १८ वर्षीया पवित्रा पार्की र २४ वर्षीया भानु पार्की तथा तीन वर्षीया छोरा सोम पार्कीको मृत्यु भएको हो ।

सुर्नया गाउँपालिका–५ को बिष्टपालीमा स्थानीय खड्कसिंह बिष्टको भान्छा कोठा पहिरोले पुरिएर उनकी दिदीसासु पर्ने ७१ वर्षीया परुदेवी महराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

डडेल्धुरामा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका विष्णु अवस्थी र ६५ वर्षीया नरपति शाहीको मृत्यु भएको हो ।