२०८२ असार १७ मङ्गलबार

राशिफल

देउवा सरकारको १०० दिनको उपलब्धि सार्वजनिक (सूचिसहित)

काठमाडौँ – काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको १०० दिन पुगेको छ ।

सर्वोच्च अदालतको परमादेशको आधारमा देउवाको नेतृत्वमा गत असार २९ गते सरकार बनेको थियो । देउवाको सचिवालयले सरकार गठनको १०० दिन पुगेको अवसरमा २४ उपलब्धि सार्वजनिक गरेको छ ।

१.    सन्तुलित “नेपाल पहिला” परराष्ट्र नीति
२.    सफल खोप कुटनीति
३.    एक करोड ५० लाख खोप व्यवस्थापन
४.    लक्षित मध्य ३२ दशमलव ६ प्रतिशतले पूर्ण खोप लगाए
५.    लगानीमैत्री वातावरणको सृजना
६.    नीजि क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम
७.    कोभिडको मारमा परेका उद्योगी–व्यावसायीलाई राहत प्याकेज
८.    प्रभावकारी रुपमा कोभिड १९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन
९.    चुस्त सुरक्षा व्यवस्था
१०.    प्रभावकारी रुपमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन
११.    राजस्व संकलनमा उल्लेख्य वृद्धि
१२.    स्टार्टअप व्यावसायलाई प्रोत्साहन गर्ने कार्यविधि तथा कोष तयार
१३.    विद्युतीय लाइन विस्तार तथा विद्युतको पहुँचमा वृद्धि
१४.    सडक तथा यातायातको पहुँच विस्तार
१५.    देशभर निःशुल्क कानूनी सहायता प्रदान गर्ने कानुनी मस्यौदा तयार
१६.    सबै स्थानीय तहलाई इन्टरनेट सञ्जालमा जोडिएको
१७.    विद्युतीय माध्यमबाटै कर विवरण हेर्न तथा भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको
१८.    सरकारी कागजातहरूको डिजिटल अर्काइभिङ सुरु
१९.    दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि डिस्टान्स लर्निङको प्रक्रिया सुरु
२०.    प्रकृतिक विपत्तीमा तत्काल रेस्पोन्स
२१.    क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका विरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय
२२.    अति विपन्न गरिव घर परिवारलाई प्रतिघर परिवार दश हजार रुपैयाँका दरले राहात दिने घोषणा
२३.    यूवा विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै’ कार्यक्रम र नारी समुदाय लक्षित ‘महिला पहिला’ कार्यक्रम घोषणा
२४.    साफ च्याम्पियनसिपमा उपविजेता बन्न सफल राष्ट्रिय टिमका खेलाडीलाई प्रोत्साहन स्वरुप जनही रु ५ लाख दिने घोषणा