२०८२ असार १२ बिहीबार

राशिफल

सप्तकोशीमा ४२ वटा ढोका खुल्ला

Swollen Saptakoshi River after incessant rainfall at the Koshi Barrage in Saptari-Sunsari border, on Saturday, July 23, 2016. Photo: Byas Shankar Upadhyaya

काठमाडौँ – लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएको छ ।

कोसी ब्यारेज प्रशासनका अनुसार मङ्गलवारदेखि बढ्दो स्तरमा रहेको सप्तकोशी नदीको बहाव आज बुधवार बिहान ९ बजेसम्म २ लाख ६० हजार ४५० क्युसेक पुगेको छ । पानीको बहाव बढ्दै गइरहेकोले कोसी ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खुल्ला गरिएको छ ।

झापा, मोरङ , सुनसरी र सप्तरी लगायतका जिल्लाहरूमा अति भारी वर्षा भएको र थप वर्षा हुने पूर्वानुमान गरिएको प्रशासनले जनाएको छ ।प्रशासनले तटीय क्षेत्र तथा डुबान भइरहेको होचा भू–भागमा रहने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।