२०८२ असार १२ बिहीबार

राशिफल

थप ६ सय ६२ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

काठमाडौँ – बुधबार थप ६ सय ६२ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ७० हजार ५२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ७९ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ७ सय ५८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ८४ हजार १ सय ५५ जना रहेको छ । आज १३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ३ सय १८ जना पुगेको छ ।