काठमाडौँ – गोरखाको आरुघाट गाउँपालिका – १ माझगाउँमा बुधवार राति साढे ११ बजे मिनी ट्रक दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ भने ट्रकमा सवार अन्य दुईजना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका अनुसार धादिङको गंगाजमुना गाउँपालिकाका मनोज श्रेष्ठको मृत्यु भएको छ भने घाइते आरुघाट गाउँपालिकाका राजकुमार गुरुङ र दिव्या गुरुङ घाइते भएको र उनीहरुको आरुचनौटे स्वास्थ्य चौकीमा उपचार भैइरहेको छ ।
आरुघाटबाट धुन्चेततर्फ बालुवा लिएर जाँदै गरेको बा५ख १२३१ नम्बरको ट्रक अनियन्त्रित भइ सडकबाट करिब १५० मिटर तल खसेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया