२०८२ असार १२ बिहीबार

राशिफल

विराटनगर विमानस्थलमा आज पनि उडान नहुने

काठमाडौँ – विराटनगर विमानस्थलमा आज पनि उडान नहुने भएको छ । धावनमार्ग बाहेक विमानस्थलका अरु क्षेत्रमा पानी जमिरहेकाले आज पनि उडान र अवतरण हुने सम्भावना कम रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

पानी पर्न रोकिएसँगै विमानस्थलको रन वे को पानी सुकेको छ तर, अन्य क्षेत्र सबै डुबान रहेको छ । विमानस्थल कार्यालयका अनुसार आज विज्ञ टोलीले अनुगमन र निरीक्षण गर्नेछ ।

मिलेसम्म विमानस्थलमा फसेका दुई वटा जहाजलाई भने काठमाडौँ फर्काइने छ । तर, त्यसअघि जहाज उडाउन मिल्ने नमिल्नेबारे अध्ययन हुनेछ । उडान भर्न मिले ती जहाजलाई काठमाडौँ फर्काइने छ ।