काठमाडौँ – हालैको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा बाढीपहिरो र डुबानले भएको जनधनको क्षतिप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दु:ख प्रकट गरेकी छन् ।
बिहीबार राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति भण्डारीले विपद्को यो दु:खद् घडीमा प्रकोप पीडितहरुको उद्धार तथा व्यवस्थापन, घाइतेहरुको उपचार, राहत वितरण र बेपत्ता भएकाहरुको खोजी कार्यमा राज्यका संयन्त्रहरुलाई परिचालित गर्ने कार्यमा सम्बद्ध निकायको ध्यान पुग्ने विश्वासमेत व्यक्त गरेकी छन् ।
तपाइँको प्रतिक्रीया