खानेपानी कार्यालय जनकपुरका निमित्त प्रमुख ई . राजेश्वर कुशवाहमाथि दुर्व्यवहार हातपात तथा गालीगलौच भएको छ ।
जनकपुरमा सीके राउत नेतृत्वको जनमत पार्टीका केही ब्यक्तिहरूले ‘जनकारवाही’को नाममा कुशवाहा लाई मिति २०७८/७/४ गते उनकै कार्यालयमै गइ हातपात तथा गालीगलौच गरेको पीडितको आरोप छ ।
आफूले भने बमोजिक काम नगरेपछि हातपात गरी ज्यान मार्ने धम्कीसमेत दिएको पीडितले आरोप लगाएका छन् । इन्जिनियरमाथि भएको हातपात तथा गालीगलौचको विरोध गर्दै नेपाल राष्ट्रिय इन्जिनियर्स संगठन विज्ञप्ति जारी गरेको छ ।
नेपाल राष्ट्रिय इन्जिनियर्स संगठन प्रदेश न २ का अध्यक्ष ई। सगर कुमार चौधरी र इन्चार्ज ई।राम एकवाल यादव समेतको बिज्ञप्ति मार्फत इन्जिनियर तथा प्राविधिकको सुरक्षाको ग्यारेन्टी र दोसी उपर कानुन बमोजिम कारबाहीको माग गरिएको छ ।
तपाइँको प्रतिक्रीया