२०८२ जेठ १९ आइतबार

राशिफल

सीके राउत बिरुद्ध : जनकपुरमा इन्जिनियरहरु आन्दोलित !

खानेपानी कार्यालय जनकपुरका निमित्त प्रमुख ई । राजेश्वर कुशवाहमाथि दुर्व्यवहार हातपात तथा गालीगलौच भएको बिरोधमा आज जनकपुरमा इन्जिनियरद्वारा बिरोध प्रदर्शन गरेका छन् ।

बिहिबार जनकपुरमा सीके राउत नेतृत्वको जनमत पार्टीका केही ब्यक्तिहरूले ‘जनकारवाही’को नाममा कुशवाहा लाई उनकै कार्यालयमै गइ हातपात तथा गालीगलौच गरेको थियो भने नागै बनाई नगरपरिक्रमा गरेका थिए ।

साथै अन्य ईन्जिनियरिङ समूहहरु( सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल, प्रोग्रेसिप ईन्जिनियरिङ्ग एसोसिएसन नेपाल, नेपाल ईन्जिनियरिङ्ग समाज, नेपाल राष्द्रिय ईन्जिनियर संगठन, मधेशी डेमोक्रेटिक ईन्जिनियर्स सोसाईटी, नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल तथा निजामति कर्मचारीहरुको आधिकारिक द्रेड युनियन जिल्ला कार्यसमिति धनुषाले पनि सो घटनाको विरोधमा आफ्नो विज्ञप्ति मार्फत विरोध जनाएका छन् ।