२०८२ असार १२ बिहीबार

राशिफल

थप ७ सय ८ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु

काठमाडौँ – थप ७ सय ८ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ८ हजार ९६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १० हजार ९ सय ४६ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ९ सय ३२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ८५ हजार ८ सय १३ जना रहेको छ । आज ११ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ३ सय ३७ जना पुगेको छ ।