२०८२ असार १२ बिहीबार

राशिफल

तीघ्रामा लागुऔषध र चरेश लुकाइए भारत जाँदै गरेकी महिला प्रकाउ

काठमाडौँ – नेपालबाट भारततर्फ लाँदै गरेको लागुऔषध र चरेशसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

बारा प्रहरीका अनुसार मटियर्वास्थित नेपाल र भारतको सिमनामा पर्ने दशगाजा क्षेत्रवाट पर्सा पोखरिया नगरपालिका–४ सतवरिया बस्ने वर्ष ४१ की ललसा देवी रौनियारलाई पक्राउ गरेको हो ।

ती महिलााको तीघ्रामा लुकाइएको १४ पोकामा सात किलो चरेश रहेको थियो । बरामद भएको चरेशको बजार मूल्य करिब पाँच लाखभन्दा बढी रहेको छ । पक्राउ परेकी ती महिलालाई जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।