काठमाडौँ – सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मिरा लामा अधिकारीको निधन भएको छ ।
लामो समयदेखि क्यान्सरसँग जुधिरहेकी उनको शनिबार बिहान उपचारको क्रममा निधन भएको हो । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङका अनुसार उपचारका क्रममा आज बिहान ७ बजे काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उनको निधन भएको हो ।
५१ वर्षीया अधिकारीका ३ छोरी छन् । कांग्रेस जिल्ला सभापति विकास लामाकी श्रीमतीसमेत रहेकी अधिकारी लामो समयदेखि क्यान्सरसँग जुधिरहेकी थिइन् ।
तपाइँको प्रतिक्रीया