काठमाडौँ – आज मुलुकभर नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत ६७४३ वडा अधिवेशन सुरु भएको छ ।
शनिबार वडा अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन ।
देशभरका ६ हजार ७४३ वडामा अधिवेशन हुँदैछ । बाढी पहिरोका कारण प्रभावित केही वडामा भने अधिवेशन सरेको छ । पार्टीका संगठित सदस्यहरुले नै वडाको नेतृत्त्व चयन गर्नेछन् । अधिवेशनले पाँचजना प्रतिनिधिसहित सदस्यहरु चयन गर्नेछ । अध्यक्ष –१, उपाध्यक्ष–१, सचिव– १ र उपसचिव –२ चुनिनेछन् ।
गाउँपालिका–नगरपालिकाका वडामा ३१ सदस्यीय कमिटी बन्नेछ । त्यस्तै उपमहानगरपालिकाका वडामा ४१, महानगरपालिका रहेको वडामा ५१ सदस्यीय कमिटी गठन हुनेछ ।
आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन वाग्मती प्रदेशको चितवनमा हुनेछ ।
तपाइँको प्रतिक्रीया