२०८२ असार १२ बिहीबार

राशिफल

थप ५ सय १३ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ – थप ५ सय १३ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ८ हजार ५ सय ३४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ५९ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ८ सय १७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ८६ हजार ६ सय ३० जना रहेको छ । आज ८ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४५ जना पुगेको छ ।