२०८२ असार १२ बिहीबार

राशिफल

आजदेखि देशभर भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदै

काठमाडौँ – आजदेखि देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान सुरु हुँदैछ ।

६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए, एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । पालिकाले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ए जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

भिटामिन ए र जुकाको औषधि खान आज छुटेका बालबालिकालाई भोलि पनि खुवाउन सकिने छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुँदै आएको छ ।