काठमाडौँ – धादिङको गजुरी बजारमा गुडिरहेको यात्रुबसमा आगलागी भएको छ ।
प्रहरीका अनुसार ३६ जना यात्रु लिएर सुर्खेतबाट काठमाण्डौका लागि छुटेको ना ६ ख १४७१ नम्बरको बसमा आज बिहान ४ बजेतिर आगलागी भएको हो ।
बसको इञ्जिनबाट धुवाँ निस्किने बित्तिकै बस रोकेर यात्रुहरु बाहिर निकालेका कारण मानवीय क्षति हुनबाट जोगिएको छ भने बस र बसमा रहेको सामान भने जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया