काठमाडौँ – सल्यानको कपुरकोटमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार सल्यानको बागचौरबाट दाङतर्फ गइरहेको भे १ च १८९० नम्बरको बोलेरो जिप (डबल क्याब) आज बिहान कपुरकोट – ३ स्थित मुलपानी वनस्पति उद्यान नजिकै दुर्घटना हुँदा ८ जना घाइते भएका छन भने घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
गम्भीर घाइते भएका अन्दाजी ३५ वर्षीय पुरुषको परिचय नखुलेको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुमा बागचौर नगरपालिका वडा नं. १ सल्यान निवासी अन्दाजी १४ वर्षीय आयुस बस्नेत, २२ वर्षीय मनोज बस्नेत, बागचौर नगरपालिका २ का अन्दाजी २७ वर्षीया सीता वली, २८ वर्षीया बविता रावल र उनकी छोरी एसिका छन् ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया