काठमाडौँ – चन्द्रकान्त (सिके) राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले उग्र र उच्छृंखल गतिविधि गर्न थालेका छन् । ‘स्वतन्त्र मधेस’को नारा त्यागेर शान्तिपुर्ण राजनीतिमा आउने सहमति गरेका राउतका कदमप्रति कर्मचारीदेखि जनप्रतिनिधिसम्म असन्तुष्ट बनेका छन् ।
‘राउतका कार्यकर्ताको यस्तो गतिविधि अराजक र आतंकवादी शैलीको छ, ‘जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साह भन्छन्, ‘आफूलाई राजनिीतिक पार्टी भन्नेहरुबाट यसप्रकारको उदेड गतिविधि हुनुले संघीयतामाथि नै प्रश्न उठाउँछ । सभ्य समाजमा यस्ता अमानवीय क्रियाकलाप हुनु ठूलो दुर्भाग्य हो ।’उनीहरुले गत बिहीबार खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहमाथि दुव्र्यवहार गरेका थिए । जनकपुरधाम ८ बलवा टोलस्थित राउतका घर अगाडि खाल्डो नपुरेको र वार्षका कारण पानी निकासमा समस्या भएको भन्दै कुशवाहालाई अर्धनग्न बनाई हिलो छ्यापेर नगर घुमाएका थिए ।
लाठी, भाटासहित सरकारी कार्यालय पुगेका उनीहरु अराजक रुपमा प्रस्तुत भएको जनाइएको छ। उक्त घटनाप्रति पेसागत संघसंगठनले विरोध जनाएका छन । जसमा नेपाल इन्जिनियर एसोसिएसन, नेपाल राष्ट्रिय इन्जिनियर संगठन, निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन, नेसनल इन्जिनियर्स एसोसिएसन नेपाल, नेपाल तराई इन्जिनियर्स मिाज र मधेसी डेमोक्रेटिक सोसाइटी छन् ।
तपाइँको प्रतिक्रीया