काठमाडौँ – पाँचथरको फिदिममा बस दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते छन् ।
घाइतेमध्ये १५ जना बालबालिका छन् । घाइतेमध्ये जिल्ला अस्पतालमा उपचाररत चार जनालाई झापा रेफर गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिए ।
पाँचथरको फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुर (सरखण्ड) मा आज दिउँसो साढे ११ बजेतिर सडकबाट खसेर दुर्घटनामा भएको थियो ।
तपाइँको प्रतिक्रीया