२०८२ असार १२ बिहीबार

राशिफल

सर्वोच्चका न्यायाधीशहरुले ईजलास बहिस्कार गरे

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीशहरुले ईजलास बहिस्कार गरेका छन् ।

प्रधानन्यायाधीशले तोकेको पेशी बहिष्कार गर्दैै न्यायाधीशहरु ईजलास नगएका हुन् । दसैं, तिहारसहितका विदामा समेत नरोकिने बन्दी प्रत्यक्षीकरणको सुनुवाई आज प्रभावित भएको छ । ईजलास नगएर न्यायाधीशहरु बैठक बसेका थिए ।

प्रधानन्यायाधीशलाई भेट्ने निर्णय गरेका छन् । आज बसेको १३ जना न्यायाधीशहरुको संयुक्त बैठकले भोलि विहान ११:३० मा प्रधानन्यायाधीशलाई भेट्ने निर्णय गरेको हो ।