२०८२ असार १२ बिहीबार

राशिफल

एसिड पिडित मुस्कान खातुनलाई पुन प्रदेश सरकारको सहयोग

Muskan

काठमाडौँ – एसिड आक्रमणमा परेकी वीरगञ्जकी मुस्कान खातुनलाई प्रदेश २ सरकारले दोस्रो पटक पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

यसअघि नै प्रदेश २ सरकारले खातुनलाई पाँच लाख रुपैयाँ सहयोग गरेको थियो । प्रदेश मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले खातुनलाई थप ५ लाख रकम सहयोग गर्ने निर्णय गरेको छ । खातुनको उपचार जारी रहेकाले उनलाई सहयोग गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यसअघि वीरगञ्ज महानगरपालिका कार्यालयले २ लाख र नगर प्रमुख विजय सरावगीको तलब भत्ताबाट एक लाख गरी जम्मा ३ लाख रुपैयाँ खातुनको उपचारका लागि प्रदान गरिएको थियो । त्यस्तै, खातुनको उपचारका लागि संघीय सरकारले पनि रु ३ लाख सहयोग उपलब्ध गराएको थियो ।