२०८२ असार १२ बिहीबार

राशिफल

७५३ स्थानीय पालिकाको अधिवेशन सुरू

काठमाडौँ – आज देशभर नेकपा (एमाले) को स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन सुरू भएको छ ।

सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन सुरु भएको हो । अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीको वार रुमबाट भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन ।

पार्टीको नयाँ विधानबमोजिम गाउँरनगरपालिकामा ७५, उपमहानगरपालिकामा ८५ र महानगरपालिका एक सय एक सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ ।