काठमाडौँ – बाँकेको कोहलपुरमा करिब साढे तीन लाख नगदसहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार आज बिहान कोहलपुर नगरपालिका – ८ पिपरीस्थित रुद्रवीर खडकाको घरमा छापा हानी ६ जनालाई रंगहात पक्राउ गरेको हो । उनीहरूको साथबाट तीन लाख ४९ हजार ७०५ रुपैयाँ र दुई गड्डी तास बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया