काठमाडौँ – मध्यपुरथिमि नगरपालिमा मंगलबार दिउँसो भान्छामा चुलो बाल्ने क्रममा ग्यास लिक भएर आगलागी हुँदा करिब रु पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीपछि महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगले आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
आगलागीबाट भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।
तपाइँको प्रतिक्रीया