काठमाडौँ – मकवानपुरको हेटौंडा उपमहानगरपालिका – ८ मनकामना चोकमा ट्याक्टरको ठक्करबाट अटो रिक्सामा सवार एक जनाको मृत्यु भएको छ ।
मंगलबार बेलुका सवा आठ बजे फारलाइनबाट मनकामना चोकतर्फ जाँदै गरेको ना ३ त ३६६८ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको ना २ ह ५८६५ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा ४५ वर्षीय पदमबहादुर विकको मृत्यु भएको हो ।
विकको चुरे हिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया