२०८२ असार १२ बिहीबार

राशिफल

५० हजार बराबर पटाकासहित किराना पसले पक्राउ

काठमाडौँ – काठमाडौँको नयाँबस्तीस्थित किराना पसलका सञ्चालकलाई पटाकासहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सर्लाहीको चक्रघट्ट गाउँपालिका–५ घर भएका ४० वर्षीय मनोजकुमार चौधरीलाई रकेट, झिरझिरेलगायत दुई लाख ५० हजार रुपैयाँ मूल्य बराबरका पटाकासहित पक्राउ गरेको हो ।

पसल खानतलासी गर्दा उक्त पटाका बरामद गरी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।