२०८२ असार १२ बिहीबार

राशिफल

सर्वोच्चका पूर्व न्यायाधीश भैरव प्रसाद लम्सालको निधन

काठमाडौँ – सर्वोच्च अदालतका पूर्व न्यायाधीश भैरव प्रसाद लम्सालको निधन भएको छ ।

बिहीबार बिहान ८४ वर्षको उमेरका उनको निधन भएको हो । स्वास्थ्य समस्याका कारण केही दिनदेखि चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत लम्सालको आज बिहान निधन भएको परिवार स्रोतले जानकारी दिएका छन् ।

उनी लम्साल आयोगको प्रतिवेदनका कारण चर्चित हुनुहुन्छ । लम्साल २०५८ सालमा गठित बहुचर्चित सम्पत्ति छानबिन आयोगका अध्यक्ष रहेका थिए।