काठमाडौँ – झापाको गौरादह – १ स्थित भित्रीपक्की सडकमा सवारी साधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
उक्त सडकको दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे१त ७६८७ नं को ट्र्याक्टरबाट लडेर कन्काई नगरपालिका – ६ का ४० वर्षीय गङ्गाबहादुर तामाङको मुत्यु भएको हो ।
बुधबार राति भएको दुर्घटनाका घाइते तामाङको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारको क्रममा राति ९ बजे मृत्यु भएको गौरादहस्थित ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
तपाइँको प्रतिक्रीया