२०८२ असार १२ बिहीबार

राशिफल

एमालेले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक कात्तिक २९ गतेसम्म स्थगित

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक आगामी कात्तिक २९ गतेसम्मका लागि स्थगित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ एमाले सांसद्हरु वेल घेर्न पुगेका थिए।

बैठकमा सभामुख अग्नि सापकोटाले अवरोधका कारण आम सरोकारका विषय प्रवेश गर्न नपाएको उल्लेख सदन खुलाउन आग्रह गरेका थिए ।

सभामुख सापकोटाले निरन्तर संसद अवरोध हुँदा आम सरोकारका विषय उठ्न नसकेको भन्दै संसद सञ्चालन गर्नका लागि एमालेका सांसदहरुसंग सहयोगकोे लागि अनुरोध गरेका थिए ।