२०८२ असार १२ बिहीबार

राशिफल

१८ दिनका लागि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – १८ दिनका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरे ।

सभामुखले सांसदहरुको अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रस्तुत गरे । सांसद झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरी बिरामी भएर १३ वटा बैठकमा अनुपस्थित भएको सूचना सभामुखले प्रस्तुत गरेपछि सभाले स्वीकृत गर्‍यो ।

त्यसपछि सभामुख सापकोटाले अर्को बैठक कात्तिक २९ गते दिउँसो १ बजे बस्ने जानकारी दिए ।