काठमाडौँ – शुक्रबार मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि ८१ लाख ९० हजार कित्ताको आईपीओ निष्काशन गरेको थियो । स्वीकृत आवेदनमध्ये ८ लाख १९ हजार आवेदकलाई १० कित्ताका दरले पाएको कम्पनीको बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
आईपीओमा २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको शेयर खरिदका लागि आवेदन दिएका थिए ।
तपाइँको प्रतिक्रीया