काठमाडौँ – नेपाल बार एसोसिएसन परिसरमा कानुन व्यवसायीहरूबीच हात हालाहाल भएको छ । शुक्रबार नेपाल बार एसोसिएसनमा बैठक जारी रहँदा परिसरमा कानुन व्यवसायीहरुबीच हात हालाहाल भएको हो ।
कानुन व्यवसायी विराट न्यौपानेले अधिवक्ता भूमिनन्द चुडाललाई कुटेका हुन् । न्यौपानेले सर्वोच्च अदालतमा इजलास सञ्चालन हुनुपर्ने भन्दै विभिन्न सञ्चार माध्यमहरुलाई अन्तर्वार्ता दिँइरहँदा चुडाललाई कुटपिट गरेका हुन् ।
अब कनुनी उपचारमा जाने चुडालको भनाइ छ ।उनले भने, ‘मिडियामा न्यायालयविरुद्धमा किन बोलिस् र द्वन्द्वकालका मुद्दा किन हेरिस् भन्दै हात हाले, बहस गर्न आएको थिएँ । अब म कानुनी प्रक्रियामा जान्छु ।’
तपाइँको प्रतिक्रीया