धनुषा – धनुषाका एक प्रधानाध्यापकलाई सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले दूर्ब्यवहार गरेका छन् । धनुषाको सवैला नगरपालिकास्थित फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वा, रघुनाथपुरका प्रधानाध्यापकलाई दूर्ब्यवहार गरेका हुन् ।
पछिल्लो ४ दिनदेखि आन्दोलित विद्यार्थीहरुको माग सुनुवाई नगरेको भन्दै प्रधानाध्यापकलाई चप्पलले पिटेका हुन् । विद्यार्थीहरुले नियमित पठन–पाठन हुनु पर्ने, शिक्षकको व्यवस्थापन हुनु पर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बील विद्यार्थीहरुले पाउनु पर्ने माग गरेका छन् ।
त्यस्तै, कक्षा ११ र १२ का विद्यार्थीहरुले पुस्तक पाउनु पर्ने, विद्यालयका नाममा आएका सामाग्रीहरु विद्यालयमा राख्नु पर्ने, विद्यालय सुधारका लागि सरोकारबालाहरुको बृहत भेला गरी अन्य विषयहरुमा निर्णय लिनु पर्ने पनि उनीहरुको माग छ ।
तपाइँको प्रतिक्रीया