२०८२ असार २ सोमबार

राशिफल

फेसबुक कम्पनीको नाम मेटा

काठमाडौँ – फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम मेटा राख्ने निर्णय गरेको छ ।

यसअघि फेसबुक इन्क नामको कम्पनीलाई अब मेटा भनिनेछ । फेसबुकका सिइओ मार्क जुकरबर्गले कम्पनीको भर्चुअल कन्फरेन्समा बोल्दै बिहीबार नयाँ नाम घोषणा गरेका हुन् ।

फेसबुक इन्कले फेसबुक, इन्स्टाग्राम, ह्वाटसएपलगायत सामाजिक सञ्जाल चलाउँदै आएको छ । प्यारेन्ट कम्पनीको नाम परिवर्तन भए पनि ती सामाजिक सञ्जालको नाम भने परिवर्तन नहुने बताइएको छ ।