काठमाडौँ – ट्रकको ठक्करबाट धादिङको धुनिबेसी नगरपालिका एक युवकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय खानीखोलाका अनुसार सुरुङमार्गमा काम गर्ने धुनिबेसी नगरपालिका–९, कानकोटका २९ वर्षीय ओमकृष्ण पाण्डेको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा मृत्यु भएको हो ।
सुरुङमार्गमा हिजो बेलुका करिब सवा ८ बजे भारतीय नम्बरको ड्रम ट्रकले उनलाई ठक्कर दिएको थियो । ट्रक चालक फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया