नेपाल भ्यालुयर्स एसोसिएसन (एनभीए) को आयोजनामा ३ दिने ‘फिक्स्ड एसेट भ्यालुयसन ट्रेनिङ’ (स्थिर सम्पत्ति मूल्यांकन तालिम) शनिबारदेखि काठमाडौंमा सुरु भएको छ ।
तालिममा देशभरका विभिन्न जिल्लालाई कार्यथलो बनाइ विभिन्न कन्सल्टेन्सी फर्ममा आवद्द इन्जिनियरहरुको सहभागीता रहेको छ । तालिममा ई. सुशील अमात्य, ई.दिनेश कुमार पाठकले प्रशिक्षण दिनेछन् ।
एनभीएका कानुनी सल्लाहकार नारायण कोइरालाले मूल्यांकनकर्ताले बुझ्नुपर्ने कानुनी पाटोबारे प्रशिक्षण दिने एनभीएका अध्यक्ष ई. ऋषि कोइरालाले जानकारी दिए ।कार्यक्रममा संस्थापक सचिब तथा बर्तमान सदस्य ई.संजय कुमार महतो ज्युको पनि उपस्थिति थियो।
उद्घाटन कार्यक्रममा एनभीएका अध्यक्ष ई. ऋषि कोइरालाले छोटो मन्तब्य राख्दै धितो मूल्यांकन गर्ने एक जना इन्जिनियरले गलत गर्दा ठूलो आर्थिक क्षति हुने र पेशा नै बदनाम हुने अवस्था रहेकाले तालिम दिइएको बताए । तालिममार्फत मूल्यांकनकर्ता इन्जिनियरलाई दक्ष बनाउने आफूहरुको लक्ष्य भएको उनको भनाइ थियो ।
तपाइँको प्रतिक्रीया