२०८२ असार १२ बिहीबार

राशिफल

करेन्ट लागेर महिलाको मृत्यु

काठमाडौँ – डोटीको शिखर नगरपालिका वडा नम्बर ९ मा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मोबाइल चार्ज गर्ने क्रममा शिखर नगरपालिका(९ मल्लिसाँझकी ३० वर्षीया राधिका रोस्याराको करेन्ट लागेर मृत्यु भएको हो । त्यस्तै शिखर नगरपालिका–११ बारपाटामा २० वर्षका शिशिर साउद घाइते भएका छन् ।

घाइते साउदको राजपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।