२०८२ असार १२ बिहीबार

राशिफल

नेपाली सेनाको जागिर लगाइदिन्छु भन्दै ठग्ने युवक पक्राउ

काठमाडौँ – नेपाली सेनाको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवकलाई शुक्रबार पक्राउ गरिएको छ ।

पक्राउपर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको प्रहरीले जनाएको छ ।

लिम्बूले नेपाली सेनामा जागिर लगाइदिने प्रलोभनमा मिक्वाखोला गाउँपालिका–४ साँवाका पेम्बा शेर्पासँग २० हजार लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए ।