काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार ५ हजार ३१६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ९७ जना र २ हजार ५९५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ०६ हजार ६९७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३९९ पुगेको छ ।
तपाइँको प्रतिक्रीया